२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ल्हासा पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्।

सिछ्वान एअरलाइन्समार्फत स्थानीय समयअनुसार करिब १२ बजे प्रधानमन्त्री ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण भएका हुन्। गोंगार विमानस्थलमा प्रधानमन्त्री ‘प्रचण्ड’लाई सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको छ ।

कार्यक्रमको सूचीअनुसार आज साँझ प्रधानमन्त्री ‘प्रचण्ड’सङ चिनिया कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन्।

सचिव वाङले प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा आज साँज रात्रिभोजको आयोजना गर्नेछन्। चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री ‘प्रचण्ड’ले ल्हासाको भ्रमण गरेका हुन्।

तिब्बतमा रहँदा उनले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमणसमेत गर्ने कार्यक्रम छ। ल्हासामा प्रधानमन्त्री ‘प्रचण्ड’ले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ। उनका साथ परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन्।

यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ हिजो बेइजिङबाट छोङछिङ सहर आइपुगेका थिए। त्यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस