गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समीर दाहाल वि.सु गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई छन्।

त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवानहरू महिना दिन भन्दा बढी समयदेखि सम्पर्कविहीन छन्।

उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस