१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिका सभापतिहरूलाई प्रशिक्षण दिइने

अ+ अ-

काठमाडौँ । संघीय संसद्का संसदीय विषयगत समिति सभापतिहरूलाई प्रशिक्षण दिइँदैछ ।

बुधबार र बिहीबार ललितपुरको धुलिखेल माउण्टेन रिसोर्टमा समिति सभापतिहरूका लागि ‘कानुन निर्माण, निगरानी र समिति प्रभावकारिता’ विषयक कार्यक्रम राखिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को संसद विकास परियोजना अन्तर्गतको आर्थिक सहयोग र संसद सचिवालयको व्यवस्थापनमा आयोजित कार्यक्रममा संघीय संसद्का सबै विषयगत समितिका सभापतिलाई आमन्त्रण गरिएको छ ।

प्रतिनिधिको अर्थ समिति सभापतिमा सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अब्दुल खान, कानून, न्याय तथा मानव अधिकार समितिमा बिमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा. आरजु राणा, महिला तथा सामाजिक मामिला समितिमा किरण कुमार साह सभापति छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिमा दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशी, सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल सभापति छन् ।

राष्ट्रिय सभातर्फ दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा जयन्ती देवी राई, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति मा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) सभापति छन् ।

कार्यक्रममा संसद सचिवालयका महासचिव भरतराज गौतम, सचिवहरू पद्मप्रसाद पाण्डे, डा. सुरेन्द्र अर्याल, सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायतको सहभागिता रहनेछ ।

बुधबार एउटा सत्र सञ्चालन हुनेछ । जहाँ पूर्व सांसद बिन्दा पाण्डेले ‘संसदीय समितिको प्रभावकारितामा ध्यान दिनुपर्ने पक्षहरूबारे’ बारे प्रस्तुति गर्नेछिन् । समितिको निर्णय लेखन तथा अनुमोदन, समय व्यवस्थापन, मिडियासँगको सम्बन्ध लगायतका विषयमा पाण्डेको प्रस्तुतीकरण केन्द्रित रहनेछ ।

बिहीबार दुई वटा सत्र चल्नेछ । पहिलो सत्रमा संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘संसदीय समितिमार्फत सरकारका कामकारबाहीमाथिको निगरानी’का सम्बन्धमा प्रस्तुतीकरण गर्नेछन् ।

दोस्रो सत्रमा नेपाल सरकार पूर्व सचिव माधव पौडेलले ‘विधेयक परिमार्जन र सुधारमा संसदीय समिति र सांसदहरूको भूमिका’बारे प्रस्तुत रहनेछ ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति पोखरेल भने अनुपस्थित रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस