काठमाडौँ । राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरे पनि उक्त एपलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गुनासो एपलाई सञ्चालनमा ल्याएका हुन् ।
मोबाइलको प्लेस्टोरमा गई ‘गुनासो राप्तीसोनारी एप’ डाउनलोड गरेर सेवाग्राहीले गाउँपालिका कार्यालय, विषयगत शाखा, वडा कार्यालयसँग सम्बन्धित गुनासो पठाउन सक्नेछन् । यसबाट सम्बन्धित शाखालाई गुनासो पठाउन सकिने र गाउँपालिकासँग प्रत्यक्ष कुराकानी गर्न पनि सकिने गाउँपालिकाले जनाएको छ ।
गुनासो एपमा गाउँपालिकाले नागरिक बडापत्र नेपाली, थारू र अवधि भाषामा राख्ने तयारी गरेको छ ।