२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याद गुज्रेका सामान बेच्ने पसललाई १ लाख रुपैयाँ जरिबाना

अ+ अ-

काठमाडौँ । अनुगमन समिति कास्कीले पोखरामा बजार अनुगमन गरेको छ । आज सोमवार अनुगमनका क्रममा समितिले पोखरा महानगरपालिका-७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिबाना गरेको छ । स्टोर्सले म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको भन्दै समितिले जरिबाना तोकेको हो ।

स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल ‘लेबलिङ’ नभएको, मिट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजबल १५ प्याकेट लगायतका झन्डै २९ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामान नष्ट गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समितिले जनाएको छ । 

त्यसैगरी दालको लेबल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै समितिले चेतावनी पनि दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

अनुगमनकै क्रममा पोखरा-३ पालिखे चोकमा रहेको गौरव ट्रेडर्सबाट म्याद गुज्रेका १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी १० हजार रुपैयाँ जरिबाना गरेको गरिएको छ ।

त्यसैगरी पालिखे चोकमै रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेका ११ किलो सुजी नष्ट गरी पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । यो पसललाई समितिले ५ हजार रुपैयाँ जरिबाना तोकेको छ ।

यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस