नागरिकहरूमा सुरक्षाको अनुभूति दिलाउन सरकारसँग काँग्रेसको माग  « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

नागरिकहरूमा सुरक्षाको अनुभूति दिलाउन सरकारसँग काँग्रेसको माग 


८ आश्विन २०८०, सोमबार


Congress

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले नागरिकहरूमा सुरक्षाको अनुभूति दिलाउन सरकारसँग माग गरेको छ ।

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमण, चार जनाको ज्यान लिने गरी भएको तीनकुने घटना लगायतले शान्ति सुरक्षाको अवस्था उजागर गरेको काँग्रेसको ठहर छ ।

सोमबार सकिएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा भनिएको छ, ‘ यी घटनाहरूले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई उजागर गरेका छन् भने नागरिकमा असुरक्षाको महसुस गराएको छ ।’ शान्ति सुरक्षामा सरकारलाई चुनौती दिने यस्ता घटनाको गहिरो छानबिन र प्रभावकारी अनुसन्धान गरी दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, ‘नागरिकहरूमा सुरक्षाको अनुभूति दिलाउनका साथै यस्ता घटना हुन नदिन प्रहरी प्रशासनको प्रभावकारी परिचालनका लागि यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस