अपानि तत्काल कार्यान्वयनमा नलैजान माधव नेपाल सहमत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अपानि तत्काल कार्यान्वयनमा नलैजान माधव नेपाल सहमत


७ आश्विन २०८०, आइतबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) ११ तत्काल कार्यान्वयनमा नलैजाने निर्णय गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपालले जारी गरेको अपानी तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले बताए । उनले भने, ‘अहिले अपानि कार्यान्वयन नगर्ने निर्णय भएको छ । अब छलफलपछि अर्को कार्यविभाजन संशोधनपछि अघि बढ्छ ।’

अध्यक्ष नेपालले भदौ पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै पार्टी मातहतमा अपानी जारी गरेका थिए । तर, नेता खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै अपानी फिर्ता नलिए गम्भीर परिस्थितिको सामना गर्न तयार रहन नेपाललाई भनेका थिए ।

कार्य विभाजन र मनोनयनप्रति असहमति जनाउँदै केही नेताले पार्टी छाडेको घोषणा गरेका थिए भने धेरैले निर्णय नसच्चिए राजीनामा दिने तयारीमा थिए । नेता खनाल पक्षले मात्रै नभई माधव निकट नेताहरुले पनि कार्यविभाजनप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस