विपन्नलाई वडाबाटै निःशुल्क स्वास्थ्य बिमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विपन्नलाई वडाबाटै निःशुल्क स्वास्थ्य बिमा


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । पोखरा महानगरपालिका १३ ले अति विपन्न तथा असहाय वडावासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

वडाले एक सूचना जारी गरी असोज २० गतेसम्म निःशुल्क स्वास्थ्य बिमाका लागि निवेदन दिन आग्रह गरेको छ ।

विपन्न र असहाय वडावासीले निःशुल्क स्वास्थ्य बिमा पाउँदा नागरिक स्वास्थ्यप्रति सजग हुने र बिमाको प्रोत्साहन हुने वडाको भनाई छ । 

निःशुल्क स्वास्थ्य बिमा सुविधा लिन पोखरा १३ को स्थायी वडाबासी हुनुपर्नेछ । 

परिवारको सदस्यका लागि नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदनमा पेस गरिएको हुनुपर्ने भने नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि राखिएको हुनुपर्ने वडाले जनाएको छ ।

यसअघि उक्त वडा कार्यालयले वडाबाटै वडावासीलाई निःशुल्क एम्बुलेन्सको सेवा दिँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस