२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले बोलायो शिक्षा विधेयकबारे छलफल गर्न संसदीय दलको बैठक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। असोज ८ र ९ गते बस्ने गरी काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

संसदीय दलको बैठक बोलाइएकोबारे आज बसेको केन्द्रीय समितिमा प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्।

बैठकमा प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल हुने बताइएको छ। संसद्सँग सम्बन्धित अन्य समसामयिक विषयलाई पनि बैठकको एजेन्डा बनाइएको छ।

प्रमुख सचेतक लेखकले शिक्षकहरूको जायज माग पूरा हुनुपर्छ भन्ने पक्षमा काँग्रेस रहेको बताए। उनीहरूको जायज माग पूरा गर्ने सम्बन्धमा काँग्रेसले सक्दो भूमिका खेल्ने पनि उनले बताए।

काँग्रेस केन्द्रीय समिति बैठकमा शिक्षकहरूको आन्दोलनको विषय जोडतोडले उठेको छ। बिहीबारको बैठकमा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए।

महामन्त्री गगन थापाले शिक्षकहरूको आन्दोलन रोक्नुपर्ने बताउँदै त्यसका लागि शिक्षा विधेयक संशोधन गर्न पनि तयार हुनुपर्ने बताएका थिए।

यी सबै विषयमा छलफल र निर्णय गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठक नयाँ बानेश्वरमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस