शिक्षा विधेयकमा धेरै त्रुटि छन्, संसदबाट सच्याउँछौँ : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शिक्षा विधेयकमा धेरै त्रुटि छन्, संसदबाट सच्याउँछौँ : गगन थापा


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटि रहेकाले संसदबाट सच्चाउने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँको श्री नदी माध्यामिक विद्यालयमा कम्प्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्ताव मात्रै भएकाले यसमा रहेका धेरै त्रुटिहरूलाई संसदबाट सच्चाउने प्रतिबद्धता जनाएका हुन् ।

उनले संसद्लाई विश्वास गरेर शिक्षकहरूले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरे । थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राखे ।

थापाले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीहरूलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे । श्री नदी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याब स्थापना गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस