काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ छ ।
बुधबार छापावाल सुन तोलाको एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।