बागमती नदीबाट एक जनाको उद्धार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती नदीबाट एक जनाको उद्धार


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको दक्षिणकालीस्थित बागमती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

गए राति काठमाडौँको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । उक्त खबर प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ र सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलवाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा गएको टोलीले उद्धार गरेको हो । लामालाई आफन्तको जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस