कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८९ प्रतिशत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८९ प्रतिशत


३ आश्विन २०८०, बुधबार


जाजरकोट । भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँच पुगेको छ। 

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णालीको तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र पानी उपलब्ध हुँदै आएको छ।

त्यस्तै ४४ दशमलव ४ जनसङ्ख्यालाई पाइपबाट घर परिसर बाहिर धाराको पानी उपलब्ध छ। चार प्रतिशत परिवारले ट्युबवेलको पानी पिउने गरेको समेत तथ्याङ्कमा उल्लेख छ। 

त्यस्तै २ दशमलव १ प्रतिशत नागरिकले टाँकिएको इनारबाट, शून्य १ प्रतिशतले जारको पानी, खुला इनार र कुवाको पानी प्रयोग गर्ने घरधुरी सङ्ख्या २ दशमलव ५ प्रतिशत र २ दशमलव १ प्रतिशत जनसङ्ख्याले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखा सिडिइ गोपाल शर्माले जानकारी दिए।

सन् २०१९ को तथ्याङ्कअनुसार कर्णालीमा ३ दशमलव ५ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस