२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र भताभुङ्ग भयो : केदारभक्त माथेमा

अ+ अ-

काठमाडौँ । ११० औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले आयोजना गरेको बीपी साहित्य सम्मेलनको स्थगित तेस्रो दिनको कार्यक्रम बुधबार सुरु भएको छ ।

नेपाली काँग्रेसको मुख्यालय बीपी स्मृति भवनमा बुधवारको कार्यक्रमको प्रारम्भ त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा. केदारभक्त माथेमाले ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा करिब एक घण्टा लामो सम्भाषण प्रस्तुत गरे ।

सो अवसरमा बोल्दै शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनीय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गरे ।

‘बीपीले परिकल्पना गरेको शिक्षा भनेको समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यवहारिकतामा आधारित थियो । शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रूपमा लिने गर्छ । तर, एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रूपमा लिन्छ । बीपी त्यही राजनेता हुनुहुन्थ्यो’, डा। माथेमाले भने ।

उनले शिक्षा समान कहिल्यै हुँदैन, यसमा राजनीति हुन्छ तर राजनीतिकको हस्तक्षेपबाट र शिक्षाको व्यापारिकरणबाट शिक्षालाई अलग गर्न सक्नु पर्ने बताए ।

नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा। माथेमाले नेपालका सन्तानलाई शिक्षाको लागि अभिभावकहरूले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको बताए ।

उनले भने, ‘शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो। बिपीले सृजनशीलता र नवीन शिक्षाको एवम् सबैका लागि शिक्षा, हस्तक्षेपरहित र स्वतन्त्र शिक्षा संस्थाको कल्पना गर्नु भएको थियो ।’

प्रतिक्रिया दिनुहोस