२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर आन्दोलनमा शिक्षक

अ+ अ-

काठमाडौँ । कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक-शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले गरेको विरोध प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त बनिरहेको छ ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ आएका छन् । सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा यो आन्दोलन सुरु भएको हो । महासङ्घले देशभरका सबै सामुदायिक विद्यालयहरू बन्द गराएको छ ।

विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरू आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरूले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।

शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।

शिक्षकहरूले सडकै ढाकेर आन्दोलन गरेपछि ट्राफिकलाई सवारी आवागमन सुचारु गराउन सकस परेको छ । अहिले माइतीघर बानेश्वर खण्डमा सवारीसाधनको आवागमन ठप्प छ । यसले पूरै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस