कुलदीप यादव एसिया कपको सर्वोत्कृष्ट खेलाडी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कुलदीप यादव एसिया कपको सर्वोत्कृष्ट खेलाडी


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । भारतका स्पिनर कुलदीप यादव एसिया कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । ५ खेलमा ९ विकेट लिएका यादव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

भारतले श्रीलङ्कालाई फाइनललाई हराएर आठौँ पटक उपाधि जित्दा कुलदीप महत्त्वपूर्ण भूमिका निभाए । यद्यपि उनले फाइनलमा १ विकेट पनि लिन सकेनन् । उनले फाइनलमा १ ओभर गर्दै १ रन दिए ।

कुलदीपले ५ खेलमा २८ ओभर ३ बल गरे र यस क्रममा १ सय ३ रन दिँदै ९ विकेट लिए । उनले पाकिस्तानसँगको खेलमा २५ रन दिँदै ५ विकेट लिए । प्रतियोगितामा कुलदीपको यो सर्वोत्कृष्ट प्रदर्शन थियो । यस्तै श्रीलङ्कासँगको खेलमा उनले ४३ रन दिएर ४ विकेट लिए । उनले नेपालसँगको खेलमा १ विकेट पनि लिन सकेनन् । यस्तै समूह चरणमा पाकिस्तानसँगको खेल वर्षाले प्रभावित हुँदा भारतले फिल्डिङ गर्न पाएन ।

यसैबीच आज भएको फाइनलमा श्रीलङ्कालाई कम योगफलमा रोक्ने क्रममा ६ विकेट लिएका मोहम्मद सिराज यो खेलको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस