ईयूद्वारा टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ईयूद्वारा टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना


३० भाद्र २०८०, शनिबार


काठमाडौँ । युरोपेली सङ्घ (ईयू)को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।

टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति निकालेर दुई वर्षको अनुसन्धानमा तथ्याङ्क चोरी गरेको फेला परेको जनाएको छ ।

आयोगले टिकटकलाई नियमअनुसार प्रक्रिया कार्यान्वयनमा ल्याउन तीन महिनाको समय दिएको छ । तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सन् २०२१ को सेप्टेम्बरदेखि १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाबारे टिकटकको अनुगमन शुरु गरेको थियो ।

टिकटकले जरिवानापछि यो फैसलासँग सम्मानपूर्वक असहमत रहेको र अब कसरी अगाडि बढ्ने भन्नेबारे मूल्याङ्कन गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस