मेलीना राईको ‘मुखले ठिक्क बनाउने’ भिडियो सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेलीना राईको ‘मुखले ठिक्क बनाउने’ भिडियो सार्वजनिक


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । चर्चित गायिका मेलीना राईको ‘मुखले ठिक्क बनाउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीत भद्र नकलको शब्द तथा सङ्गीतमा तयार भएको हो भने गायिका राई र चुडामणि मगरको स्वर रहेको छ ।

नेपाली गीतसङ्गीतको श्रृजनामासमेत सक्रियता देखाउँदै चर्चासमेत कमाएका टम्पशेर राईले पछिल्लो पटक अञ्जली अधिकारीसँग स्क्रिन शेयर गरेको छन् ।

अञ्जली र टम्पशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको भिडियोमा तारावीर पाण्डेको निर्देशन रहेको छ । मुकेश हुमागाईँले छायाङ्कन गरेका छन् भने सञ्जिला सुमित्राको कोरियोग्राफी र विकाश धमलाको सम्पादन रहेको छ

Tags :
प्रतिक्रिया दिनुहोस