२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२२ स्थानमा उपनिर्वाचन गरिने

अ+ अ-

काठमाडौँ । देशका तीनै तहमा रिक्त रहेका जनप्रतिनिधिहरूको पदपूर्तिका लागि उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगका अनुसार हाल देशका २२ स्थान जनप्रतिनिधिविहीन छन्। तीमध्ये सबैभन्दा धेरै स्थानीय तहअन्तर्गत १७ जना वडाध्यक्ष पद रिक्त छन्।

तीमध्ये २ जना पालिका उपाध्यक्ष, १ जना पालिका अध्यक्ष र एकजना प्रदेशसभा सदस्यसँगै हालैमात्र निधन भएका पूर्वसभामुख एवम् संघीय सांसद सुवासचन्द्र नेम्वाङ सहित २२ स्थान जनप्रतिनिधिविहीन हुन पुगेको आयोगले जनाएको छ ।

आयोगले रिक्त रहेको स्थानको आधिकारिक तथ्याङ्क भने पाई नसकेको बताएको छ। यकिन तथ्याङ्क पालिका, संघीय संसद् वा प्रदेशसभाबाट पाउनुपर्ने भए पनि अहिलेसम्म पाउन नसकिएकाले आयोगले सबै तथ्याङ्क उपलब्ध गराउन संघीय मामिला मन्त्रालयलाई पत्राचार गरिसकेको आयोगको भनाई छ । 

रिक्त स्थानमा उपनिर्वाचन गराउन आयोगले गत साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा रहेका वेला कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराइसकेको छ। यद्यपि सरकारकारका तर्फबाट अहिलेसम्म आयोगलाई बोलाएर औपचारिक रूपमा यो विषयमा छलफल भने गरेको छैन। उपनिर्वाचनका लागि कानुनमा स्पष्ट व्याख्या नहुँदा केही झण्झटिलो भने देखिएको आयोगको ठम्म्याइ छ।

प्रतिक्रिया दिनुहोस