२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकको पनि विशिष्ट श्रेणीको दरबन्दी सिर्जना गरिने

अ+ अ-

काठमाडौँ । शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना हुने भएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गर्न सकिने व्यवस्था छ । यो दरबन्दी प्रदेशमा दुई-दुई वटामात्रै हुनेछ ।

‘सरकारले विद्यालय शिक्षक सेवाको माध्यमिक तहतर्फ प्रत्येक प्रदेशमा बढीमा दुई वटा विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गर्न सक्ने छ,’ विधेयकमा उल्लेख छ ।

विद्यमान ऐनअनुसार माध्यामिक तहमा पहिलो, दोस्रो र तेस्रो श्रेणीको दरबन्दीको व्यवस्था रहेको छ ।

विशिष्ट श्रेणीको पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका माध्यमिक तहमा प्रथम श्रेणीमा १५ वर्षभन्दा बढी सेवा गरेका कार्यरत शिक्षकलाई बढुवा गरिनेछ ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

साथै विधेयकमा एउटै श्रेणीमा कम्तीमा १५ वर्षसम्म बहाल रहेको कुनै शिक्षकको मृत्यु भएमा परिवारलाई साबिकको श्रेणीभन्दा माथिल्लो श्रेणीको निवृत्तभत्तालगायत अन्य सुविधा प्रदान गर्ने व्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस