ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनीत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनीत


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।

खेलाडी सङ्घले आज मङ्गलवार ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए । 

मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न खेलाडी सङ्घको साधारणसभा तथा चुनावले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस