साहित्यकार पराजुलीको निधन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

साहित्यकार पराजुलीको निधन


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज निधन भएको छ ।

उनलाई गएराति छातीमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो ।

सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । पिताको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कदै छन् । उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तर मन्थर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस