२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी निलम्बनमा परेपछि नगरपालिकाको काम प्रभावित

अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ ।

पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, इन्जिनियर हिमालयसिंह ऐर, प्रशासकीय अधिकृत सुवास अधिकारी, हरिसिंह धामी, लेखा अधिकृत गोविन्द उपाध्याय र विक्रम भण्डारी, शाखा अधिकृत नरबहादुर शाह, नरेन्द्रदेव भट्ट, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट अवकाश भइसकेका छन् भने बाँकी सबै बहालवाला कर्मचारी हुन् । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले कर्मचारी निलम्बनमा परेपछि दैनिक कामकाजमा समस्या भएको बताए । ‘प्रशासनका प्रमुख कर्मचारीमाथि नै भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिका समस्यामा परेको छ’, उनले भने, ‘लेखा शाखामा एउटा पनि कर्मचारी थिएन अहिले एक जना लेखापाल कोलेनिकाबाट पठाएको छ ।’ उनले पालिकामा जनशक्ति पर्याप्त नहुँदा सामान्य कामबाहेकका काम हुन नसकेको बताए ।

उनले अहिले नगरपालिकामा भएको जनशक्तिबाट कर्मचारी व्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको बताए ‘अहिले नगरपालिकाकै जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने, ‘कर्मचारी नहुँदा हामीलाई काम गर्न निकै सकस भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस