राप्रपाले प्रधानमन्त्रीलाई भन्यो-‘ज्यादा फुरफुर नगर्नुस्, आन्दोलन कस्तो हुन्छ हामी देखाउँछौँ’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राप्रपाले प्रधानमन्त्रीलाई भन्यो-‘ज्यादा फुरफुर नगर्नुस्, आन्दोलन कस्तो हुन्छ हामी देखाउँछौँ’


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको काम गर्न नसके राजीनामा दिन सुझाएको छ । 

राप्रपाले भदौ २७ गते काठमाडौँमा गर्ने विरोध सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञानेन्द्र शाहीले आन्दोलन कस्तो हुन्छ ? प्रधानमन्त्रीलाई आफूहरूले देखाउने बताए ।

प्रधानमन्त्रीले समाजवादी मोर्चाको सन्देश सभाहरूमा बोल्दै लाखौँ जनता सडकमा उतार्ने घोषणा गरेपछि प्रवक्ता शाहीले आन्दोलन राष्ट्रवादी शक्तिले देखाउने बताए ।

उनले भने, ‘प्रधानमन्त्री आफैँ हुनुहुन्छ तर, ठाउँ ठाउँमा भाषण गर्दै बर्खा सकियोस् लाखौँ जनता सडकमा आउनुपर्‍यो भन्नुहुन्छ संसारको कुनैपनि देशमा हामीले देखेको छैन प्रधानमन्त्रीले आन्दोलन गरेको । त्यसैले, राप्रपा प्रधानमन्त्रीलाई खुला चुनौती दिन चाहन्छ अब तपाईँका आन्दोलन गर्ने दिन गए, जनताले प्रधानमन्त्री बनाएका हुन् जनताको काम गरौँ काम गर्न सकिँदैन भनेर राजीनामा दिएर घर बसौँ होइन भने ज्यादा फुरफुर नगरौँ आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौँ राष्ट्रवादी शक्तिले देखाउँछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस