शीर्षक फेर्ने सहमतिमा टुङ्गियो ‘एक भगवत् गीता’ विवाद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शीर्षक फेर्ने सहमतिमा टुङ्गियो ‘एक भगवत् गीता’ विवाद


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ ।

चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक सङ्घ-संगठनले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार अब फिल्मको नाम ‘एक भागवत र एक गीता (सामाजिक कथा) तय भएको छ । विवाद टुङ्गिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने बताइएको छ ।

यो सहमतिले सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्ने विश्वास चलचित्र विकास बोर्डको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस