२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेका छौँ :  शेरबहादुर देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् । यही चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए ।

बीपी कोइरालाको ११० औँ जन्म जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सो धारणा राखेका हुन् ।

मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताउँदै उनले भने, ‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौँ ।’ तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको देउवाले बताए ।

आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उनले बताए । निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भने, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’

सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बीपी बहुआयामिक व्यक्तित्वको अन्तर्राष्ट्रियस्तरको नेता भएको बताउँदै देउवाले बीपी कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत पनि भएको बताए ।

प्रतिक्रिया दिनुहोस