कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । कञ्चनपुरमा ४७ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बस्ने २६ वर्षीय हिक्मत हमाललाई ४७ दशमल ८५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो ।

हमाललाई प्रहरी नायब निरीक्षक प्रकाश कठायत नेतृत्वको टोलीले भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका-९ को कलकत्ताबाट पक्राउ गरेको संघीय प्रहरी इकाई महेन्द्रनगरले जनाएको छ ।

कठायतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस