आज चेपाङ समुदायको न्वागी पर्व, बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आज चेपाङ समुदायको न्वागी पर्व, बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिने भएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेशका मकवानपुर, चितवन र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा आज (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् ।

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस