काठमाडौँ महानगर -१६ का वडाध्यक्ष रिजालको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगर -१६ का वडाध्यक्ष रिजालको निधन


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ  । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो । 

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७:३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद बिजुक्छेले जानकारी दिए । 

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । 

 वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस