बिपी साहित्य महोत्सवका लागि समितिमा ११ सदस्य थप « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बिपी साहित्य महोत्सवका लागि समितिमा ११ सदस्य थप


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले बिपी साहित्य महोत्सव-२०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ ।

पार्टीको बैठकको निर्णयानुसार भदौ २४, २५ र २६ मा आयोजना हुने विपी साहित्य महोत्सव-२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह-महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित विपी साहित्य महोत्सव-२०८० तयारी समितिमा ११ सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

थपिएका सदस्यमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा. चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, डा. वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्सालछन् । विपी साहित्य महोत्सवको तयारीका काम तीव्ररूपमा अघि बढेको संयोजक पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस