३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउँछौँ : परराष्ट्रमन्त्री साउद

अ+ अ-

किमाथाङ्का (सङ्खुवासभा) । पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताएका छन् ।

आज सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताएका हुन् । किमाथाङ्का नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने पराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

यही सेप्टेम्बर २३ मा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणमा किमाथाङ्का नाका खुलाउने विषयलाई पनि ‘एजेन्डा’मा राखिएको मन्त्री साउदले बताए ।

ऐतिहासिक किमाथाङ्का नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्कामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताए ।

किमाथाङ्का नाका खुलाउन चीन सरकारसँग पहल गरिदिन सङ्खुवासभाका जनप्रतिनिधि र सरोकारवाला निकायले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदलाई पनि यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । यसअघि प्रचलनमा नै रहेको यो नाका कोरोना महामारी आएसँगै चीन सरकारले बन्द गरेको हो । नाका बन्द हुँदा भोटखोलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सङ्कट भएको छ ।

प्रतिक्रिया दिनुहोस