२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाउनुपर्छ : सचिव पोखरेल

अ+ अ-

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताएका छन् ।

भरतपुर अस्पतालको आज यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भोलिका दिनमा आवश्यकता अनुसारका दरबन्दी सिर्जना गर्दै जाँदा त्यो दरबन्दीमा जनशक्ति नपाइने हो कि भन्ने चिन्ता रहेको बताएका हुन् ।

आवश्यकताका आधारमा चिकित्सा शिक्षा आयोगले पढाएका विषयलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्यसम्बन्धी विषय पढाइदिओस् भन्ने आफूहरूको मान्यता रहेको उनले बताए । स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव हुनसक्ने भन्दै उनले स्वदेशमै स्वास्थ्यका जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

सचिव डा. पोखरेलले चिकित्सा शिक्षा ऐन संशोधन राजनीति विषय भएको भन्दै चिकित्सा शिक्षा आयोग, शिक्षामन्त्री, स्वास्थ्य मन्त्री बसेर छलफल गर्नुपर्ने बताए । चिकित्सा शिक्षा ऐनमा केही परिवर्तन गर्नुपर्छ भन्ने कुरा आएको भन्दै उनले भने, “स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीको पनि परिवर्तन गर्नुपर्छ भन्ने चाहना छ ।”

फरक प्रसङ्गमा उनले स्वास्थ्य बीमा निजी अस्पतालमा समेत सञ्चालन गर्न कोपेमेन्ट (बिरामीले समेत केही रकम तिर्ने गरी) जानुपर्ने बताए । उनले भने, “स्वास्थ्य बीमा नेपाल सरकारको कार्यक्रम हो, निजीले लिने होइन ।”

उनले हालकै अवस्थामा बीमा निजीलाई दिन नहुने भन्दै बीमामा को-पेमेन्टको व्यवस्था गरेर, निजीमा एउटा को-पेमेन्ट र सरकारीले अर्को को-पेन्टको हिसाबले चलाउनुपर्छ भन्ने मान्यता रहेको बताए । यही आधारमा कार्यविधि परिवर्तन हुँदै गरेको उनको भनाइ छ ।

सचिव पोखरेलले आजै भरतपुर अस्पतालको अनुगमन गरे । सो क्रममा सचिव डा. पोखरेलले कतिपय समस्या नीतिगत भएकाले नीति परिवर्तनका लागि सबैले दबाब दिनुपर्ने बताए ।

उनले भरतपुर अस्पतालको ओएनएम सर्भेको फाइल अगाडि बढेकाले छिट्टै स्वीकृत हुने प्रक्रियामा रहेको बताए । उनले अस्पतालको आम्दानी अस्पतालको स्तरोन्नति र कर्मचारीको सेवा सुविधामा खर्च गर्नुपर्ने बताए ।

उनले अस्पताल विकास समितिमार्फत् नियुक्ति कर्मचारीको सेवा सुविधा समितिले निर्णय गरेर आवश्यकता अनुसार थप गर्दै जानुपर्ने राय दिए । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, निवर्तमान अध्यक्ष डा.भोजराज अधिकारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेललगायत चिकित्सक, नर्स र कर्मचारीले अस्पतालका समस्याका बारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस