२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु

अ+ अ-

काठमाडौँ । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ ।

२००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरको ५०-५० प्रतिशत लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको प्राधिकरढाका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । स्मार्ट बत्ती जडान गर्न कुल १४ करोड ६५ लाख रुपैयाँ लगानी लागेको प्राधिकरणको भनाइ छ । बत्ती जोड्न टप्सन इनर्जीले ठेक्का पाएको थियो ।

राष्ट्रिय सडकबत्ती प्रवर्द्धन परियोजना प्रमुख प्रमोद रिजालले जोडिएका स्मार्ट सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको जानकारी दिए । उनले जोडिएका हाइमास्ट १६ मिटर अग्ला भएको र त्यसमा प्रत्येकमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको जानकारी दिए ।

बत्ती जडान गर्न ४ सय ३९ वटा नयाँ पोल जडान गरिएको छ ।

रिजालका अनुसार पोखरामा जडान गरिने बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिन्छ ।

बत्तीमा प्रयोग गरिने फोरजी सिमले कति विद्युत् खपत गर्छ भन्नेबारे पनि जानकारी राख्ने उनले सुनाए । बत्तीमा जडित सिस्टमले सूर्योदय र सूर्यास्त समय आफैँ पत्ता लगाउने हुनाले सोहीअनुसार स्वचालित रूपमा बत्ती बल्ने र निभ्ने उनको भनाइ थियो ।

ललितपुर, धनगढीपछि पोखरामा सुरु गरिएको स्मार्ट सडकबत्तीको निर्माण ठेक्कासँगै ५ वर्षका लागि मर्मत सम्झौता पनि भएको जानकारी रिजालले दिए । उनले ५ वर्षभित्र बत्तीमा कुनै खराबी आए वा बिग्रिए ठेकेदार कम्पनी टप्सन इनर्जीले नै निःशुल्क बनाइदिने सम्झौता छ ।

प्राधिकरणले नेपालमा जडान गर्दै आएको स्मार्ट लाइट भारतको जयपुर, दिल्ली लगायत सहरमा पनि सफल प्रयोगमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस