ओली अमेरिकी सिनेटरबीच भेटवार्ता, शान्ति प्रक्रियाका बाँकी कामबारे जिज्ञासा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओली अमेरिकी सिनेटरबीच भेटवार्ता, शान्ति प्रक्रियाका बाँकी कामबारे जिज्ञासा


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले भेट गरी शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखेका छन् । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार अपराह्न भएको भेटमा अमेरिकी सिनेटर होलेनले शान्ति प्रक्रियाका बाँकी काम कसरी अघि बढ्छ ? भन्ने प्रश्न सोधेका थिए ।

भेटमा अध्यक्ष ओलीले शान्ति प्रक्रियामा टुङ्गोमा पुग्न लागिरहेको जानकारी गराएका थिए । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी)सँग भएको सम्झौता कार्यान्वयन सुरु भएकोमा अमेरिकी सिनेटर होलेनले खुसी व्यक्त गरेका थिए ।

होलेन गत शुक्रबार नेपाल आएका हुन् । होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् । उनले तीनै मुलुकका प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज सङ्गठनहरू, उद्योगी, सम्बन्धित मुलुकमा दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरू र मेरील्यान्डका व्यक्तिहरूसँग ५० भन्दा बढी भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस