२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीआरआईलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने समय आएको छ : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) परियोजना, राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर गम्भीरताका साथ अगाडि बढाउनुपर्ने समय आएको बताएका छन् ।

विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा उनले विश्वको उदयमान अर्थतन्त्र बनेको चीनबाट नेपालको राष्ट्रिय हित अनुकूल हुनेगरी क्षेत्रगत रूपमा सहयोग लिन नेपालले सक्नुपर्ने धारणा राखे । साथै उनले अमेरिकाको एमसीसी परियोजना जस्तै बीआरआईलाई पनि राष्ट्रिय हित अनुकूल हुनेगरी गम्भीरता साथ अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘नेपाल राष्ट्रको राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकहरूबाट हुने फाइदा कसरी लिन सकिन्छ यो एउटा प्रतिस्पर्धात्मक अवस्थामा हामीले यसलाई बडा गम्भीरताका साथ लिनुपर्ने बेला आएको जस्तो लाग्छ ।’

उनले एमसीसी परियोजना जस्तो बिआरआई चर्चामा नआए पनि राष्ट्रको हितको लागि सोचेर परियोजनालाई अवलम्बन गर्नुपर्ने बेला आएको धारणा राखे ।

भारत र चीन बीचको प्रभाव, आर्थिक विकास र प्रतिस्पर्धाबाट नेपालले फाइदा लिनु अवसर र चुनौती दुवै भएको बताएका उनले दुबैसँग सन्तुलित नीति लिएर नेपालको विकासको लागि सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

घिमिरेले भने, ‘नेपाल दक्षिण एसियाको क्रस रोडको रूपबाट रहेको छ भने पूर्व एसियाको पनि क्रस रोडको रूपमा रहेको छ । भौगोलिक अवस्थितिको कारणले अहिले आफूलाई बलियो बनाएर अगाडि बढिरहेको चीन र इन्डिया बीचको आर्थिक प्रतिस्पर्धाको बीचबाट नेपालले कसरी फाइदा लिने यो एउटा हाम्रो लागि एका पट्टी अवसरको कुरा रहेको छ भने सँगसँगै चुनौतीको कुराहरुपनि छ ।’

प्रतिक्रिया दिनुहोस