एमाले लुम्बिनी प्रदेश अधिवेशन आजदेखि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमाले लुम्बिनी प्रदेश अधिवेशन आजदेखि


१६ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुने भएको छ ।

शनिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका उपाध्यक्ष,महासचिव,सचिव तथा पार्टीका अन्य पदाधिकारीहरू बुटवल जाने एमालेले जनाएको छ ।

पार्टी कार्यतालिकाअनुसार सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले सुरुमा पहिलो अधिवेशन गर्न लागेको हो । प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे गर्ने कार्यक्रम तय भएको छ ।
अधिवेशनपूर्व बिहान १० बजेदखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट कार्यक्रममा सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

साथै उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू,महासचिव,उपमहासचिव, सचिवहरू ,पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा अन्य नेता तथा पार्टी सदस्यहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुने जनाइएको छ । अधिवेशनले २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस