२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको आवश्यकता : मन्त्री राई 

अ+ अ-

काठमाडौँ । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस भव्य रूपमा मनाइएको छ ।

कमलपोखरी स्थित रसियन भवनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री अशोककुमार राईले छिट्टै नेपाल राष्ट्रिय पुस्तकालयको सुविधासम्पन्न भवन काठमाडौँको जमलमा बन्ने बताएका छन् । मन्त्री राईले पछिल्लो समय ज्ञान आर्जन गर्नेभन्दा पनि सूचना मात्रै लिने प्रवृत्ति मौलाएको भन्दै पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको आवश्यकता औँल्याए ।

त्यस्तै समारोहमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पुस्तकालयहरूमा रूपान्तरणको आवश्यकता रहेको र प्रविधिसँग पुस्तकालयलाई जोड्नुको विकल्प नरहेको बताइन् । सोही अवसरमा पूर्व मन्त्री गणेश शाहले सुरुका दिनहरूमा जनताको स्तरबाट मात्रै यो दिवस मनाइएकोमा हाल राज्यले समेत यसको अपनत्व ग्रहण गरेकोमा खुशी व्यक्त गरे ।

समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा मूल आयोजक समितिका अध्यक्ष सुरेश अधिकारीले समतामूलक समाज निर्माणमा पुस्तकालयको भूमिका उपर चर्चा गर्दै समारोहलाई सफल बनाउन आबद्ध सबैलाई धन्यवाद दिएका छन् । 

समारोहको अवसर पारेर देशभरिबाट पुस्तकालयको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट पुस्तकालय अभियान्ताको रूपमा रिड नेपालका अध्यक्ष भोला श्रेष्ठ, उत्कृष्ट पुस्तकालयको रूपमा काठमाडौँ रक्तकाली स्थित आशा सफू कुथि, उत्कृष्ट पुस्तकालयकर्मीको रूपमा मातृभूमि सामुदायिक पुस्तकालय बिर्घा स्याङ्जामा कार्यरत जोगप्रसाद पाण्डे र उत्कृष्ट पाठकको रूपमा रुक्मिणी चालिसे गोदावरी नगरपालिका ४ बडीखेललाई अभिनन्दन गरिएको छ ।

तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तक चिताइ तहविल नाममा पुस्तकालय स्थापन गर्न लालमोहर जारी गरेको दिन (१८६८ भाद्र १५ शुक्रबार)लाई स्मरण गर्दै प्रत्येक वर्ष भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस