२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तान र भारतसँग चुनौतीपूर्ण खेल पस्किन्छौँ : रोहित पौडेल

अ+ अ-

काठमाडौँ । एसिया कपका लागि पाकिस्तानमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सबै नेपालीबाट टिमप्रति ठूलो अपेक्षा रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोहितले एसिया कप नेपालका लागि विशेष अवसर भएको पनि बताए ।

“नेपालमा हामीबाट ठूलो अपेक्षा छ । सबै नेपालीले यो एसिया कपका बारेमा सपना देखिरहेका छन् । हामी दुई दशकदेखि क्रिकेट खेलिरहेका छौँ । र, एसिया कपजस्तो उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो,” रोहितले भने, “हामी पहिलो पटक एसिया कप खेलिरहेका छौँ । यो हामी सबैका लागि ठूलो उपलब्धि हो । यो हाम्रा लागि विशेष अवसर हो । पाकिस्तान निकै राम्रो टिम हो र हामी उनीहरूलाई प्रतिस्पर्धात्मक खेल दिन चाहन्छौँ, भारतविरुद्ध पनि । हामी यहाँका लागि योग्य थियौँ । त्यसैकारण आज यहाँ छौँ । भोलिको खेलमा उनीहरूसामु चुनौतीपूर्ण खेल पस्किने छौँ ।”

उनले नेपाल र पाकिस्तानको टिमबीच अनुभवमात्र फरक भएको प्रतिक्रिया दिए । “यी दुई टिमबीचको फरक भनेको अनुभव हो । स्किलका आधारमा दुवै टिम उस्तै छन् । तर, अनुभवका आधारमा पाकिस्तान अनुभवी टिम हो । यो नै एकमात्र फरक हो,” रोहितले भने, “भारत र पाकिस्तान दुवै टिमसँग उत्कृष्ट खेलाडी छन् । हाम्रो लक्ष्य भनेको एक बलको लडाइँमा जित निकाल्नु हो । विपक्षी जो भए पनि हामी एक बलको लडाइँमा केन्द्रित छौँ ।”

एसिया कपका लागि नेपाल गत मङ्गलवार पाकिस्तान पुगेको थियो । रोहित प्रतियोगिताका लागि टिमले राम्रो तयारी गरेको बताउँछन् ।

“हामीले राम्रो तयारी पाएका छौँ । हामीले जिम्बाब्वेमा विश्वकप छनोट खेल्यौँ । त्यसपछि इमर्जिङ एसिया कप खेल्यौँ । मलाई लाग्छ हामी राम्रो तयारीमा छौँ । विपक्षी टिमको ब्याटर र बलरको बारेमा कुरा गर्दा उनीहरू विश्वस्तरीय छन् । तर, हामी एक बलमा केन्द्रित छौँ,” रोहित भन्छन् ।

रोहितले पाकिस्तानमा राम्रो आतिथ्यता पाएको बताउँदै मोहम्मद रिजवानसँग भेट्न पाउनु राम्रो अनुभव भएको बताए ।

“हामीले पाकिस्तानमा राम्रो आतिथ्यता पायौँ । हामीले मोहम्मद रिजवानसँग पनि भेट्यौँ । भेटका क्रममा उनले ‘हामी चाँडै भेट्नेछौँ’ भनेका थिए । एसिया कपमा हामीले पुनः उनलाई भेट्ने मौका पाएका छौँ । उनले हामीसँग आफ्नो अनुभव बाँडेका थिए । खेलकै सबैभन्दा उत्कृष्ट खेलाडीबाट सिक्न पाउनु हाम्रा लागि ठूलो कुरा हो ।”

प्रतिक्रिया दिनुहोस