नारायणी नदीमा हाम फालेर एक महिला बेपत्ता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नारायणी नदीमा हाम फालेर एक महिला बेपत्ता


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नारायणी नदीमा हामफालेकी २२ वर्षीय अविवाहित महिला बेपत्ता भएकी छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ सालबास बस्ने गंगाकुमारी फौजदार (थारु) गैँडाकोटतर्फबाट नदीमा हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

ती महिलाले झोला र मोबाइल पुलमा छाडेर नदीमा हामफालेको गैँडाकोटका प्रहरीले बताए । महिलाको परिवार सम्पर्कमा आएपछि हिजो रातीदेखि नै खोजी सुरु गरे पनि नभेटिएको पौडेलले बताए ।

नदीमा बाढी आइरहेकाले खोजी गर्न समस्या भएको हो । नदीमा हामफाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस