दुधकोशी र कमला नदीमा बढ्यो जल सतह : सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दुधकोशी र कमला नदीमा बढ्यो जल सतह : सतर्कता अपनाउन आग्रह


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । निरन्तरको वर्षाले नदीहरूमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो ।

दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको छ । खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जलसतह झण्डै ४ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रशासनले सिराहामा पछिल्लो २४ घण्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज, शुक्रबार बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ

Tags :
प्रतिक्रिया दिनुहोस