आज ३१ अङ्कले घटेर शेयर बजार राताम्मे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज ३१ अङ्कले घटेर शेयर बजार राताम्मे


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । हिजो र अस्ति बढेको शेयर बजार आज (बिहीवार) भने उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अङ्कले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटेल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशत तथा समता घरेलु लघुवित्तको शेयर आठ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर छ प्रतिशतले बढेको छ ।

आज ४६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ५५ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस