काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा एनसेललाई सम्मान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा एनसेललाई सम्मान


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीअन्तर्गत काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरेको छ । 

अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । 

कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्याङ्कन स्वरूप प्रशंसा पत्र प्रदान गरेको हो ।

हिजो मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले प्रशंसा पत्र प्रदान गरेका हुन् । 

एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई आवश्यक सहयोग प्रदान गर्दै आएको छ । एनसेलले सुरक्षित समुदाय र समाज विकासमा सहयोग पुर्‍याउँदै आएको छ ।

एनसेलले ‘यो सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको’ बताएको छ । प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस