कोसी प्रदेशमा शीर्ष नेताहरुले बलमिच्याइँ गरे : शेखर कोइराला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोसी प्रदेशमा शीर्ष नेताहरुले बलमिच्याइँ गरे : शेखर कोइराला


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शीर्ष नेताहरुले कोसी प्रदेश सरकारका विषयमा बलमिच्याइँ गरेको बताएका छन् ।

मोरङको सुन्दरहरैँचामा आयोजित दुलारी सरोकार मञ्चको वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा कोइरालाले कोसी प्रदेशलाई केन्द्रका नेताहरुले हस्तक्षेपले समस्यामा पारेको आरोप लगाएका हुन् ।

“संविधानले एउटा अधिकार दिएको छ, तर नेताहरू एक ठाउँमा बस्नुहुन्छ र आफू अनुकूलका निर्णय गर्नुहुन्छ । यसरी देशलाई कहाँ पुर्‍याउन खोजेको ?,” प्रश्न गर्दै कोइरालाले भने, “अदालतले जे नगर्नु भन्यो, शीर्ष नेताहरू बसेर फेरि त्यही गर्नुभयो । संविधान र अदालतमाथिको यस्तो बलमिच्याइँ कहिलेसम्म ?”

उनले कोसी प्रदेश सरकारका विषयमा यसअघि नै सर्वोच्च अदालतले सभामुखले हालेको मत वैध नहुने भनेकोमा फेरि पनि त्यही गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस