सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा १५ भदौदेखि आवेदन खुल्ने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा १५ भदौदेखि आवेदन खुल्ने


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले १५ भदौदेखि प्रिमियममा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो।

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरूका लागि निष्कासन गरिसकेको छ।

त्यस्तै, सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्तालेका लागि निष्कासन गर्न लागेको हो।

इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताहरूले १९ भदौसम्म आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस