संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरवारमा बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । केहीबेरमा औपचारिक रूपमा हस्ताक्षर हुनेछ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस