काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आगामी दिनमा काँग्रेस र एमालेको संयुक्त सरकार बन्न सक्ने बताएका छन्।
मङ्गलवार विराटनगरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले ढिलोचाँडो सरकार परिवर्तन हुने दाबी गरेका हुन्।
काँग्रेस–एमालेको संयुक्त सरकारबारे सोधिएको प्रश्नमा उनले भने, ‘नेपालको सरकार परिवर्तन गर्ने भन्ने कुरा विभिन्न तत्त्वमा भर पर्छ। त्यो ढिलोचाँडो त्यहीँ पुग्छ।’
सुन तस्करी प्रकरणमा आफूले देशका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको जिकिर गरे।
उनले भने, ‘देशको कुरा हो भनेको हुँ। नेपाली जनतासँग सम्बन्धित कुरा हो भनिरहेको छु। समितिको कार्यादेश र संरचनाले जनतालाई सन्तुष्ट बनाउने समाधान आउनुपर्छ। त्यही मार्गतर्फ समितिले काम गरिरहेको छ।’