Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सूचना प्रविधिमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्न इच्छुक छौँ : मन्त्री शर्मा


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छन् ।

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँगको भेटमा मन्त्री शर्माले राष्ट्रिय हितलाई ध्यान दिँदै सूचना प्रविधिको विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

सूचना प्रविधिलाई समृद्धिको प्रमुख आधारको रूपमा नेपाल सरकारले लिएको जानकारी दिँदै उनले नेपाल सरकारले यो वर्षदेखि वार्षिक पुँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरेको बताइन् ।

भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको जानकारी दिइन् । अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन लागिएको जानकारी दिए ।

चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्‍याउने तयारी गरिएको जनाउँदै मन्त्री शर्माले देशभर फाइभजी सेवा विस्तार गरिने बताए । “सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ”, मन्त्री शर्माले भनीन्, “नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जिटुजी, पिटुपी (सरकार–सरकार, जनता–जनता) सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौँ ।”

भेटमा राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्त्वपूर्ण भएको बताए । कोरिया नेपालमा वैदेशिक लगानी गर्ने चौँथो मुलुक रहेको जानकारी दिँदै उनले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको बताए ।

नेपालमा कोरियाको सरकारी तहबाट मात्र नभई निजी क्षेत्रबाट पनि ठूलो सहयोग भइरहेको उल्लेख गर्दै सामसुङले पुल्चोक क्याम्पसको ‘इन्नोभेसन सेन्टर’मा सहयोग गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस