सन्दीप बिना भोलि पाकिस्तान जाँदै नेपाली क्रिकेट टिम « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सन्दीप बिना भोलि पाकिस्तान जाँदै नेपाली क्रिकेट टिम


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टिम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट सङ्घ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ ।

एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टिम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।

नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्नेरनखेल्ने अनिश्चित बनेको हो । गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।

अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् । निकट स्रोतका अनुसार उनले एसिया कप खेल्ने-नखेल्ने दुई-तीन दिनमा निधो हुने छ । क्यानले भने उनी जसरी पनि एसिया कप खेल्न जानुपर्नेमा जोड लगाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस