२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बारे हामीलाई जानकारी छैन : नेम्वाङ

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ ।

संसदको जारी अवरोध कायमै रहेपछि राष्ट्रपति पौडेलले अहिले बिहान शीतल निवासमा सर्वदलीय बैठक बोलाएका छन् ।तर, संसदको अवरोध हटाउन प्रधानमन्त्रीको पहलमा दलहरू निरन्तर छलफलमा रहेको जनाउँदै राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको एमालेको बुझाइ छ ।

संसदको जारी अवरोध हटाउने प्रयासमा दलहरू निरन्तर सक्रिय रहेको जनाउँदै एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आज २ बजे पुनः छलफल हुने बताए । सोमबार रातिको छलफल सकारात्मक रहेको जनाउँदै नेम्वाङले राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आफूहरूलाई जानकारी नभएको बताए । ‘राष्ट्रपतिजीले प्रधानमन्त्रीकै सल्लाहमा यस्ता बैठकहरू बोलाउने हो । हामी प्रधानमन्त्रीकै पहलमा निरन्तर संसद सुचारु गर्ने पहलमा छौं । आज पनि २ बजे बैठक बस्दैछौं,’ उनले भने,‘ राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको हामीलाई जानकारी छैन । त्यसबारे हामीलाई थाहा भएन । हामी प्रधानमन्त्रीसँग निरन्तर छलफलमा छौं ।’

यद्यपि राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी ओली, उपनेता नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बिहान साढे आठ बजेका लागि तय गरिएको सर्वदलीय बैठकमा आमन्त्रण गरेका छन् । यसअघि पौडेलले साउन ३१ गते ओलीलाई शीतल निवास बोलाएर संसद सुचारु गर्ने विषयमा छलफल गरेका थिए । एमालेले साउन १० गते देखि सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस