प्राधिकरणको ग्राहक संख्या ५१ लाख नाघ्यो, एक वर्षमा थपिए पौने ४ लाख  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्राधिकरणको ग्राहक संख्या ५१ लाख नाघ्यो, एक वर्षमा थपिए पौने ४ लाख 


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको ग्राहक संख्या ५१ लाख नाघेको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा ग्राहक संख्या ५१ लाख ३० हजार पुगेको छ । 

यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ७.७६ प्रतिशत धेरै हो । यस आवमा ग्राहक संख्या ४७ लाख ७० हजार रहेको थियो । प्राधिकरणका अनुसार सामुदायिक ग्रामीण विद्युतीकरणबाट ५ लाख १० हजार ग्राहकले विद्युत् उपयोग गरिरहेका छन् ।

यससहित राष्ट्रिय ग्रीडबाट विद्युत् सेवा उपयोग गर्ने ग्राहक संख्या ५६ लाख ४० हजार पुगेका छन् । राष्ट्रिय ग्रीडबाट विद्युत् पहुँच पुगेको यो संख्या ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना र सौर्य ऊर्जाबाट विद्युत् सेवा पुगेका ग्राहकको कुल संख्या ९८ प्रतिशत पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

अहिले देशभर विद्युत् खपत वार्षिक ९ अर्ब ३५ करोड युनिट पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस